Monday, 16 December 2013

RHYTHM



यहाँ पिरमा छ मान्छे
मान्छेकै भीड भित्र
तर देख्ने कोही छैन
तर देख्ने कोही छैन
कस्तो हो यो बिचित्र
कस्तो हो यो बिचित्र
यहाँ पिरमा छ मान्छे
मान्छेकै भीड भित्र
(मागेर खानु संसारमै
चुथ्थो पो काम हो रे) २
तै पनि लुट्नु भन्दा
होला कि त पबित्र
तर बुझ्ने कोही छैन
कस्तो हो यो बिचित्र
कस्तो हो यो बिचित्र
यहाँ पिरमा छ मान्छे
मान्छेकै भीड भित्र
हाम्रा देशका नेताहरुले
हामी नेपालीलाई मगन्ते बनाइसके
कसैको अगाडी नझुक्ने नेपालीको शिरलाई
सँधै अरुको अगाडी झुक्ने बनाइसके
(नपरी केहि काँही
को गर्ला काम यस्तो) २
को बाँच्न खोज्ला यहाँ
बनेर यती सस्तो
देखेर बुझपचाउने
मान्छेको छ चरित्र
तर बुझ्ने कोही छैन
कस्तो हो यो बिचित्र
कस्तो हो यो बिचित्र
यहाँ पिरमा छ मान्छे
मान्छे कै भीड भित्र

(तिमी यति सुन्दरी छौ फूलको के कुरा)

(तिमी यति सुन्दरी छौ फूलको के कुरा)२
(रसिली छौ तिर्खाए म मुलको के कुरा)२
तिमी यति सुन्दरी छौ फूलको के कुरा...
म तिम्रै तिर्सनाले गुम्नाम छु आज
हा.......
(म तिम्रै तिर्सनाले गुमनाम छु आज)२
(ति मान्छे मान्छेहरुको फूलको के कुरा)२
(रसिली छौ तिर्खाए म)२
मुलको के कुरा...
तिमी यति सुन्दरी छौ फूलको के कुरा...
किन तिमी डराउँछौ माया गाँस्नलाई
हा....
(किन तिमी डराउँछौ माया गाँस्नलाई)२
(जे नि हुन्छ सम्बन्धमा भूलको के कुरा)२
(रसिली छौ तिर्खाए म)२
मुलको के कुरा...
तिमी यति सुन्दरी छौ फूलको के कुरा...

तिम्रो याद आउँछ मलाई सताउँछ




तिम्रो याद आउँछ मलाई सताउँछ
मुटु दुख्छ मेरो बेस्सरी
भन तिमी बिना यो रात दिन कताऊँ मैले कसरी
सुन्छु तिमीले मलाई भुल्नै आँटेकी छौ रे
पराईको नजर भरि फूल्नै आँटेकी छौ रे
तिम्रो साथ बिना अब त बाच्दिन होला म त
(सुन्छु पराई सँगै मुटु साटेकी छौ रे )२
तिम्रो याद आउँछ मलाई सताउँछ
मुटु दुख्छ मेरो बेस्सरी
बाटो मोडेर गयौ नाता तोडेर गयौ
मलाई एक्लै दुखमा छोडेर गयौ
(अब मनका रहर मार्नु छ
एक्लै जिउने बानी पार्नु छ )२
तिमीले जस्तै चोट दिए नि
चुपचाप स्वीकार्नु छ
तिम्रो याद आउँछ मलाई सताउँछ
मुटु दुख्छ मेरो बेस्सरी
सपना जस्तै रहर मेरा बिहानीसँगै टुटेर गए
बलियो मान्थे भाग्य रेखा सिसा जस्तै फुटेर गए
(दुख्छ मुटु पोल्छ छाती
खप्न सक्दिन म राती )२
सधै यस्तै बज्रपात
किन पर्छ मै माथि
तिम्रो याद आउँछ मलाई सताउँछ
मुटु दुख्छ मेरो बेस्सरी
सुन्छु तिमीले मलाई भुल्नै आँटेकी छौ रे
पराईको नजर भरि फूल्नै आँटेकी छौ रे
तिम्रो साथ बिना अब त बाँच्दिन होला म त
(सुन्छु पराई सँगै मुटु साटेकी छौ रे )२
तिम्रो याद आउँछ मलाई सताउँछ
मुटु दुख्छ मेरो बेस्सरी ।।।

तिमी त मेरो प्राण हौ






(तिमी त मेरो प्राण हौ
सिउँदोको सिन्दुर हौ )२
(यो चरीले बास बस्ने )२
(डाली माथिको गुडँ हौ )२
तिमी त मेरो प्राण हौ
सिउँदोको सिन्दुर हौ...
(तिमी मै देखें जिन्दगानी
तिमीलाई पुजे आफ्नै ठानी
तिम्रै आशमा बाँचिराछु
एकमुट्ठि सास धानी )२
तिमी त मेरो गीत हौ
संगीतको सुर हौ
(यो चरीले बास बस्ने )२
(डाली माथिको गुडँ हौ )२
तिमी त मेरो प्राण हौ
सिउँदोको सिन्दुर हौ...
(के रोग लागेछ मलाई
सधैं तिमीलाई चाहि रहने
जता जाऊँ जसो गरुँ
तिमी नै आँखामा आईरहने )२
तिमी त मेरो फूल हौ
देवको स्वर्गपुर हौ
(यो चरीले बास बस्ने )२
(डाली माथिको गुडँ हौ )२
तिमी त मेरो प्राण हौ
सिउँदोको सिन्दुर हौ...

Tuesday, 23 April 2013

तिम्रो नाममा



मुटुभित्र एउटा दीयो बालेको छु तिम्रो नाममा
फाटेका यी मनहरु टालेको छु तिम्रो नाममा
आउँछौ भनी खुशी बोकी कुनै दिन मेरो छेउ
जसो-तसो पाइलाहरु चालेको छु तिम्रो नाममा
तिमी बिना जिन्दगीमा बाँच्ने रहर छैन कतै
तिम्रै काखमा मर्ने इच्छा पालेको छु तिम्रो नाममा
निभ्ला भनी तिमीसंगै जिउने मेरा आशाहरु
हरेक साँझ दियोमा तेल हालेको छु तिम्रो नाममा
थाकेका यि हातपाउ थर्थराई कांपे पनि
तिमी सम्म पुग्ने यात्रा थालेको छु तिम्रो नाममा
अनायाशै तिम्रो यादमा नयन मेरा रसाउँछन
तिमीलाई सम्झी धेरै आँशु फालेको छु तिम्रो नाममा
मुटुभित्र एउटा दीयो बालेको छु तिम्रो नाममा
फाटेका यी मनहरु टालेको छु तिम्रो नाममा

Friday, 12 April 2013

दुखँ कीन बुझदीदैनौ मेरो पनी त मनै हो नी ।।।।

दुखँ कीन बुझदीदैनौ मेरो पनी मन त हो नी

पराइ झै गर्छौ बेवहार भन्छौ आफ्नो पन त हो नीतीम्लाई भेट्न भनी धाउदा सावन भदौ केही भनीन
 रुन्झे भन्यौ मका आउद तीमरो मात्र तन त हो नी !

कुरा सुनी आरु को नै नानाभाती भन्छौ मलाई
दुई चार शब्द मैले भन्दा भाको भनाभ्न त हो नी

बधाई तीम्लाई तीम्रो महल यो झुप्रो लाई मै सजाउछु
कीन लाउछौ तुजुक तीमी दुई दीन को त्यो धन त हो नी

बसन्तको पलुवा झै पुन पलाउछ की खुसी
छुट्यो साथ यो जीवन उजाडीएको वन त हो नी । 
अाङ काजी शेर्पा,, 

मायाको क्षणिक पल सम्झिँदा अानन्द हुँदो रहेछ ।।।

Angkaji sherpa

Saturday, 30 March 2013

चिरेर हेर यो छाती



चिरेर हेर यो छाती हिमाल देख्छौ
लेखिएको यो मुटुमा नेपाल देख्छौ
जब माग्छ देशले म सँग रगत
तब मैले बगाएको फेवाताल देख्छौ
अत्याचारले पनि सिमा नाघी सक्यो
अब क्रान्तिको राको र मसाल देख्छौ
ए कति सार्छौ अझै सिमाको किलाहरु ?
अब हेर त्यहा फलामको पर्खाल देख्छौ
पराइ भयौ तिमी,के थाहा र मेरो बारेमा
आएर हेर जिन्दगी यो बेहाल देख्छौ

होस छैन साथी





उनको पनि मेरो पनि दोष छैन साथी
प्रेम भयो जबदेखी होश छैन साथी
उनकै याद र सम्झनाले मलाई खाने भयो
अरु काम गर्न कुनै जोश छैन साथी
सानो सानो कुरामा नि चित्त दुख्छ अचेल
आजभोलि मन मेरो ठोस छैन साथी
टाढा हुन्छिन जब उनी जब रिसाइदिन्छिन
लाग्छ ममा सास छैन कोष छैन साथी
समिपमा रहुँ भन्छु हरपल उनी सँगै
आँखा आँखा नजुधाइ सन्तोष छैन साथी

अाङ काजी शेर्पा

My Frnz Bikash & Hirdya


Friday, 29 March 2013

जीन्दगिका पलहरु....





काठोर मनलाई पत्थरको हृदय बनाएर
झटारो नै हाने पनि आखिर दुख्ने नै
रहेछ!
नाआउने बाधा अड्चन हरुलाई कसम नै
खुवाए पनि अवस्य आउदो नै रहेछ!
गन्तब्य तिर छलिएर रहेको जीवन पनि
कहिले-कही देखा त पर्दो नै रहेछ!
जीवनभरलाई कसै सँग बाधिएको बन्धन
पनि बाध्यतामा खुस्किदो रहेछ!
म तिम्रो हुँ सधैं भरिलाई भन्ने मान्छेहरु
पनि यथार्थमा होइन रहेछ!
त्यसैले नखस्ने कठोर आँखाबाट आशु पनि
अविरल रुपमा झरी नै दिदो रहेछ!

अाङ काजी शेर्पा

छितिज पारिको प्रदेशी

सपनाको महल खोज्दा खोस्दई .
आफ्नो जीन्दगी देखि हर खाए मैले ,,
बिक्रिएको महल सजाऊद सजाउदेई ,
आफनै भागेया देखि हर खाए मैले ,,

अाङ काजी शेर्पा

तिम्रो र मेरो प्रम काहनी



विश्वाश घाती यो संसारमा
तिम्रो माया पाउन सकिन
तिमीलाई छाडि अरुसँग
मैले माया लाउन सकिन
तिमीले मलाई छाडि गयौ
तर मैले तिमिलाई छाड्न सकिन
तिमी प्रतिको चोखो माया
मैले अरुसँग बाँड्न सकिन
कती चोखो मेरो प्रेम
तर तिमीले चिन्न सकिनौ
माया लिई माया तिमीले दिन सकिनौ
फराकिलो मेरो दिलको बाटो
हात समाई हिँड्न सकिनौ
माया लिई माया तिमीले दिन सकिनौ
दिलोज्यान नै सुम्पे तिमीलाई
तर तिमीले लिन सकिनौ
निर्दोष मेरो चोखो प्रेम
आज तिमीले चिन्न सकिनौ
तिम्रो सपनिको राजाकुमार
जस्तो म हुन सकिन
तिम्रो लागि आकाशको
जुन मैले छुन सकिन
तिमी धेरै रोयौ तर्
तिमी सँगै बसी रुन सकिन
त्यसैले त आज म तिम्रो हुन सकिन
तिम्रो लागि आकाशको जुन छुन सकिन,
छुन सकिन !!

अाङ काजी शेर्पा

प्रदेशी हुने रहर कसलाई पो हुन्छ र।।।।।।।।



प्रिय, साथीहरु

प्रदेशी हुने रहर कसलाई हुन्छ ! होला र ! गरिब र
बेरोजगारको हत्कडी फुकाउने ऊदेस्यले मा जस्ता हरेक
नेपाली दाजु,भाईहरुले दुख, पिडा र व्यथाहरु मेरो घर
परिवार र जन्म भूमिको यादमा बग्ने आशु र
प्रदेशी हुनुको पिडा भने सबैको एउटै हुन्छ होला ! तेसैले
मा भाग्यलाई दोस दिदै
यो बिछोडको यादमा छिया छिया भयको मुटुलाई
"""'तिम्रो सम्झनामा म बेसरी रोय"""" जस्तै जस्तै
गित संगीतहरु सुनेर भुलाई दिने गर्छु !!

अाङकाजी शेर्पा

नभए प्यार झर्ने फूल जस्तो ..........

नभए प्यार झर्ने फूल जस्तो
अमर थियो माया जून जस्तो
मायामा बन्धन,चोखो यो हुन्छ
बदलि माया नलाए,सून जस्तो
आहा राम्रो भन्नु,गल्ति होईन
तर'मन पग्ली नगए,नून जस्तो
मन हो यो दुख्छ,पथ्थर होईन
बेची माया नआऊ,ऊँन जस्तो

अाङकाजी शेर्पा
हाल: मलेशिया

हाँस्ने कतिन्जेल

Angkaji sherpa:

उधारो माया

उधारो माया को बात लाग्यो
हिसाब किताब बुज्न आऊ
मेरो परेलीको बर्सात हुन्छ
नपत्याए रुज्ना आऊ
सातै समुन्द्र काटी जान्छु
रातो टिका मुछ्न आऊ
उधारो माया को बात लाग्यो
हिसाब किताब बुज्न आऊ
के नै लिए के नै पाए
तिम्रो प्रेमको रिडी बनेर
बाकी यो पल सिध्याए दिन्छु
तिम्रो अम्बल को बिडी बनेर !!!!!!

गजल

मानो रोपी मुरी भित्राउने सपना सजाएर
दमै दाईले रङ्ग भरे बाजा बजाएर !
साहिली भाउजु खाजा लिन माहिली बिउ काड्न
मेरी सानु मेला झरिन चुल्ठी सजाएर !!
हली दाईले बाँझो जोत्न्ने डल्ला फर्काई फर्काई
बाउसे पनि जिस्कदै छन् खेतली लाई हिलो बर्साएर !
असारे भाका जताततै फाँट नै रमाइलो
पल्लो मेला खेतलीनि नाच्नु नाचे कम्मर मर्काएर !!!!!

होस छैन साथी

उनको पनि मेरो पनि दोष छैन साथी प्रेम भयो जबदेखी होश छैन साथी उनकै याद र सम्झनाले मलाई खाने भयो अरु काम गर्न कुनै जोश छैन साथी सानो सानो ...