Monday, 16 December 2013

RHYTHM



यहाँ पिरमा छ मान्छे
मान्छेकै भीड भित्र
तर देख्ने कोही छैन
तर देख्ने कोही छैन
कस्तो हो यो बिचित्र
कस्तो हो यो बिचित्र
यहाँ पिरमा छ मान्छे
मान्छेकै भीड भित्र
(मागेर खानु संसारमै
चुथ्थो पो काम हो रे) २
तै पनि लुट्नु भन्दा
होला कि त पबित्र
तर बुझ्ने कोही छैन
कस्तो हो यो बिचित्र
कस्तो हो यो बिचित्र
यहाँ पिरमा छ मान्छे
मान्छेकै भीड भित्र
हाम्रा देशका नेताहरुले
हामी नेपालीलाई मगन्ते बनाइसके
कसैको अगाडी नझुक्ने नेपालीको शिरलाई
सँधै अरुको अगाडी झुक्ने बनाइसके
(नपरी केहि काँही
को गर्ला काम यस्तो) २
को बाँच्न खोज्ला यहाँ
बनेर यती सस्तो
देखेर बुझपचाउने
मान्छेको छ चरित्र
तर बुझ्ने कोही छैन
कस्तो हो यो बिचित्र
कस्तो हो यो बिचित्र
यहाँ पिरमा छ मान्छे
मान्छे कै भीड भित्र

No comments:

Post a Comment

होस छैन साथी

उनको पनि मेरो पनि दोष छैन साथी प्रेम भयो जबदेखी होश छैन साथी उनकै याद र सम्झनाले मलाई खाने भयो अरु काम गर्न कुनै जोश छैन साथी सानो सानो ...