तिम्रो याद आउँछ मलाई सताउँछ
मुटु दुख्छ मेरो बेस्सरी
भन तिमी बिना यो रात दिन कताऊँ मैले कसरी
सुन्छु तिमीले मलाई भुल्नै आँटेकी छौ रे
पराईको नजर भरि फूल्नै आँटेकी छौ रे
तिम्रो साथ बिना अब त बाच्दिन होला म त
(सुन्छु पराई सँगै मुटु साटेकी छौ रे )२
तिम्रो याद आउँछ मलाई सताउँछ
मुटु दुख्छ मेरो बेस्सरी
बाटो मोडेर गयौ नाता तोडेर गयौ
मलाई एक्लै दुखमा छोडेर गयौ
(अब मनका रहर मार्नु छ
एक्लै जिउने बानी पार्नु छ )२
तिमीले जस्तै चोट दिए नि
चुपचाप स्वीकार्नु छ
तिम्रो याद आउँछ मलाई सताउँछ
मुटु दुख्छ मेरो बेस्सरी
सपना जस्तै रहर मेरा बिहानीसँगै टुटेर गए
बलियो मान्थे भाग्य रेखा सिसा जस्तै फुटेर गए
(दुख्छ मुटु पोल्छ छाती
खप्न सक्दिन म राती )२
सधै यस्तै बज्रपात
किन पर्छ मै माथि
तिम्रो याद आउँछ मलाई सताउँछ
मुटु दुख्छ मेरो बेस्सरी
सुन्छु तिमीले मलाई भुल्नै आँटेकी छौ रे
पराईको नजर भरि फूल्नै आँटेकी छौ रे
तिम्रो साथ बिना अब त बाँच्दिन होला म त
(सुन्छु पराई सँगै मुटु साटेकी छौ रे )२
तिम्रो याद आउँछ मलाई सताउँछ
मुटु दुख्छ मेरो बेस्सरी ।।।
Monday, 16 December 2013
तिम्रो याद आउँछ मलाई सताउँछ
Subscribe to:
Post Comments (Atom)
होस छैन साथी
उनको पनि मेरो पनि दोष छैन साथी प्रेम भयो जबदेखी होश छैन साथी उनकै याद र सम्झनाले मलाई खाने भयो अरु काम गर्न कुनै जोश छैन साथी सानो सानो ...

-
(तिमी त मेरो प्राण हौ सिउँदोको सिन्दुर हौ )२ (यो चरीले बास बस्ने )२ (डाली माथिको गुडँ हौ )२ तिमी त मेरो प्राण हौ सिउँदोको सिन्दुर हौ......
-
यहाँ पिरमा छ मान्छे मान्छेकै भीड भित्र तर देख्ने कोही छैन तर देख्ने कोही छैन कस्तो हो यो बिचित्र कस्तो हो यो बिचित्र यहाँ पिरमा छ मान्...
-
(तिमी यति सुन्दरी छौ फूलको के कुरा)२ (रसिली छौ तिर्खाए म मुलको के कुरा)२ तिमी यति सुन्दरी छौ फूलको के कुरा... म तिम्रै तिर्सनाले गुम्नाम ...
No comments:
Post a Comment