प्रेम भयो जबदेखी होश छैन साथी
उनकै याद र सम्झनाले मलाई खाने भयो
अरु काम गर्न कुनै जोश छैन साथी
सानो सानो कुरामा नि चित्त दुख्छ अचेल
आजभोलि मन मेरो ठोस छैन साथी
टाढा हुन्छिन जब उनी जब रिसाइदिन्छिन
लाग्छ ममा सास छैन कोष छैन साथी
समिपमा रहुँ भन्छु हरपल उनी सँगै
आँखा आँखा नजुधाइ सन्तोष छैन साथी
अाङ काजी शेर्पा
No comments:
Post a Comment