Tuesday, 23 April 2013

तिम्रो नाममा



मुटुभित्र एउटा दीयो बालेको छु तिम्रो नाममा
फाटेका यी मनहरु टालेको छु तिम्रो नाममा
आउँछौ भनी खुशी बोकी कुनै दिन मेरो छेउ
जसो-तसो पाइलाहरु चालेको छु तिम्रो नाममा
तिमी बिना जिन्दगीमा बाँच्ने रहर छैन कतै
तिम्रै काखमा मर्ने इच्छा पालेको छु तिम्रो नाममा
निभ्ला भनी तिमीसंगै जिउने मेरा आशाहरु
हरेक साँझ दियोमा तेल हालेको छु तिम्रो नाममा
थाकेका यि हातपाउ थर्थराई कांपे पनि
तिमी सम्म पुग्ने यात्रा थालेको छु तिम्रो नाममा
अनायाशै तिम्रो यादमा नयन मेरा रसाउँछन
तिमीलाई सम्झी धेरै आँशु फालेको छु तिम्रो नाममा
मुटुभित्र एउटा दीयो बालेको छु तिम्रो नाममा
फाटेका यी मनहरु टालेको छु तिम्रो नाममा

No comments:

Post a Comment

होस छैन साथी

उनको पनि मेरो पनि दोष छैन साथी प्रेम भयो जबदेखी होश छैन साथी उनकै याद र सम्झनाले मलाई खाने भयो अरु काम गर्न कुनै जोश छैन साथी सानो सानो ...