Monday, 16 December 2013

तिमी त मेरो प्राण हौ






(तिमी त मेरो प्राण हौ
सिउँदोको सिन्दुर हौ )२
(यो चरीले बास बस्ने )२
(डाली माथिको गुडँ हौ )२
तिमी त मेरो प्राण हौ
सिउँदोको सिन्दुर हौ...
(तिमी मै देखें जिन्दगानी
तिमीलाई पुजे आफ्नै ठानी
तिम्रै आशमा बाँचिराछु
एकमुट्ठि सास धानी )२
तिमी त मेरो गीत हौ
संगीतको सुर हौ
(यो चरीले बास बस्ने )२
(डाली माथिको गुडँ हौ )२
तिमी त मेरो प्राण हौ
सिउँदोको सिन्दुर हौ...
(के रोग लागेछ मलाई
सधैं तिमीलाई चाहि रहने
जता जाऊँ जसो गरुँ
तिमी नै आँखामा आईरहने )२
तिमी त मेरो फूल हौ
देवको स्वर्गपुर हौ
(यो चरीले बास बस्ने )२
(डाली माथिको गुडँ हौ )२
तिमी त मेरो प्राण हौ
सिउँदोको सिन्दुर हौ...

No comments:

Post a Comment

होस छैन साथी

उनको पनि मेरो पनि दोष छैन साथी प्रेम भयो जबदेखी होश छैन साथी उनकै याद र सम्झनाले मलाई खाने भयो अरु काम गर्न कुनै जोश छैन साथी सानो सानो ...