Saturday, 30 March 2013

चिरेर हेर यो छाती



चिरेर हेर यो छाती हिमाल देख्छौ
लेखिएको यो मुटुमा नेपाल देख्छौ
जब माग्छ देशले म सँग रगत
तब मैले बगाएको फेवाताल देख्छौ
अत्याचारले पनि सिमा नाघी सक्यो
अब क्रान्तिको राको र मसाल देख्छौ
ए कति सार्छौ अझै सिमाको किलाहरु ?
अब हेर त्यहा फलामको पर्खाल देख्छौ
पराइ भयौ तिमी,के थाहा र मेरो बारेमा
आएर हेर जिन्दगी यो बेहाल देख्छौ

No comments:

Post a Comment

होस छैन साथी

उनको पनि मेरो पनि दोष छैन साथी प्रेम भयो जबदेखी होश छैन साथी उनकै याद र सम्झनाले मलाई खाने भयो अरु काम गर्न कुनै जोश छैन साथी सानो सानो ...