Friday, 29 March 2013

गजल

मानो रोपी मुरी भित्राउने सपना सजाएर
दमै दाईले रङ्ग भरे बाजा बजाएर !
साहिली भाउजु खाजा लिन माहिली बिउ काड्न
मेरी सानु मेला झरिन चुल्ठी सजाएर !!
हली दाईले बाँझो जोत्न्ने डल्ला फर्काई फर्काई
बाउसे पनि जिस्कदै छन् खेतली लाई हिलो बर्साएर !
असारे भाका जताततै फाँट नै रमाइलो
पल्लो मेला खेतलीनि नाच्नु नाचे कम्मर मर्काएर !!!!!

No comments:

Post a Comment

होस छैन साथी

उनको पनि मेरो पनि दोष छैन साथी प्रेम भयो जबदेखी होश छैन साथी उनकै याद र सम्झनाले मलाई खाने भयो अरु काम गर्न कुनै जोश छैन साथी सानो सानो ...