फाटेका यी मनहरु टालेको छु तिम्रो नाममा
आउँछौ भनी खुशी बोकी कुनै दिन मेरो छेउ
जसो-तसो पाइलाहरु चालेको छु तिम्रो नाममा
तिमी बिना जिन्दगीमा बाँच्ने रहर छैन कतै
तिम्रै काखमा मर्ने इच्छा पालेको छु तिम्रो नाममा
निभ्ला भनी तिमीसंगै जिउने मेरा आशाहरु
हरेक साँझ दियोमा तेल हालेको छु तिम्रो नाममा
थाकेका यि हातपाउ थर्थराई कांपे पनि
तिमी सम्म पुग्ने यात्रा थालेको छु तिम्रो नाममा
अनायाशै तिम्रो यादमा नयन मेरा रसाउँछन
तिमीलाई सम्झी धेरै आँशु फालेको छु तिम्रो नाममामुटुभित्र एउटा दीयो बालेको छु तिम्रो नाममा
फाटेका यी मनहरु टालेको छु तिम्रो नाममा